
२ जेठ,
बाँके : बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मा वडा अध्यक्षसहित एमालेको सम्पूर्ण टिम नै विजयी भएको छ ।

एमालेको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार ज्ञानेन्द्र वलीले वडा न. २ मा ४ हजार ६ सय ५५ खसेको मत मध्ये ४ हजार २ सय ९६ मतको गणना हुँदा वली ४ सय ४९ मतले अगाडी थिए । ३ सय ५९ मत मात्रै गणना गर्न बाँकी रहदा उनको १ हजार ९ सय २९ आएको थियो भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसबाट तुलाराम खत्रीको १ हजार ४ सय ८० मत मात्रै रहेको थियो ।



त्यसैगरी हसियाँ हथौडाको १ सय ९८ थियो भने हलोको ३ सय ४५ मत थियो । बाँकी रहेको मत गन्दा वली भारी मतले विजयी भएका हुन् ।
युवा नेताको रुपमा चिनिने वली गएको स्थानीय तहको चुनावमा राप्तीसोनारी वडा नम्बर २ बाटै वडा सदस्य समेत जितेका थिए ।