१ जेठ,
खोटाङ : खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी अरुणादेवी राई पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छिन्। उनले एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अरुणादेवी राई निर्वाचित भएकी हुन्।
अरुणाले २८८१ मत ल्याउँदा एमालेका शंकरले २५७५ मत ल्याएर पराजित भएका हुन्। अरुणा काँग्रेस र माओवादी तालमेलबाट अध्यक्षमा निर्वाचित भएकी हुन्। यस्तै गठबन्धनबाट उपाध्यक्षमा काँग्रेसबाट खेमबहादुर खड्काले २८०५ मत ल्याएर विजयी भएका छन् भने एमालेकी विमला राईले २४९५ मत ल्याएर पराजित भएकी छिन्।