३१ बैशाख,
सुर्खेत : स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर सुर्खेतमा खटिएका सहायक मतदान अधिकृतको दुर्घटनामा परेर मृत्यु भएको छ।

मृत्यु हुनेमा, वीरेन्द्रनगर -३ का ४० वर्षीय हृदयराम ढकाल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ढकाल वीरेन्द्रनगरको हरि डिल भूमी माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका थिए।

प्रहरीका अनुसार उनको गएराति वीरेन्द्रनगर–८ मा ०२–००१ ब ००११ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । ढकालको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय