
२९ बैशाख,
बाँके : ३० गते शुक्रबार हुने मतदानमा नेपाली नागरिकताबाट, राहदानी (पासपोर्ट) वा लालपुर्जाका आधारमा पनि भोट खसाल्न पाइने भएको छ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना निकालेर मतदाता नामावलीमा नाम भएका मतदाताले राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाणपत्रको सक्कल प्रतिको आधारमा पनि मतदान गर्न पाउने जानकारी दिएको हो।



मतदाता परिचयपत्र नभएकाले नागरिकताको प्रमाणपत्रबाट भोट खसाल्न पाउनेछन्। आयोगले सम्बन्धित मतदान स्थलमा बुधबार र बिहीबार मतदाता परिचयपत्र पनि वितरण गरिरहेको छ।
