
२८ बैशाख,
सिरहामा मौन अवधिमा मतदातालाई पैसा बाँड्ने माओवादीका कार्यकर्ता एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा, सिरहाको गोलबजार नगरपालिका-२ गुरुधामका प्रेमकुमार लाहे रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।



प्रहरीका अनुसार, नेकपा माओवादी केन्द्रका कार्यकर्ता लाहेले मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा टोलवासीहरुले नियन्त्रण लिई प्रहरीलाई बुझाएका थिए । पक्राउ परेका लाहेबाट ९ हजार रूपैयाँ बरामद गरिएको साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।