२८ बैशाख,
दार्चुलाको दुहु गाउँपालिका–५ मा वडाध्यक्ष उम्मेद्वार मानसिंह बडालमाथि आक्रमण भएको आक्रमण भएको छ । दुहु गाउँपालिकामा एमालेका उम्मेदवारमाथि आक्रमण भएको छ । उनले नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेद्वार दिएका थिए।
घाईते बडाललाई उपचारका लागी धनगढीमा पठाइएको छ । मंगलबार साँझ सत्ता गठबन्धनका कार्यकर्ताका ७–८ जनाले उनलाई आक्रमण गरेका थिए। उक्त आक्रमणमा संलग्नहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।