
२७ बैशाख,
सल्यान : मौन अवधी सुरु भएसँगै सल्यानमा नेकपा एमाले कालिमाटी गाउँपालिकाका वडा नम्बर ७ वडाध्यक्ष पदका उम्मेदवार मित्रलाल सुनारले आज घरदैलो अभियानको साथमा विभिन्न टोलहरुमा राखिएको कोणसभामा आफ्ना प्रतिबद्धता राख्दै वडा भित्रका समस्या पहिचान गरी अभियानलाई समापन गरिएको बताएका छन्।

घरदैलो अभियानमा अध्यक्ष पदका उम्मेदवार सुनार लगाएत सदस्य उम्मेदवारहरुले मतदाता शिक्षा संगै समृद्ध वडा निमार्णका लागि एमालेमा मतदान गर्न आग्रह गरेका छन्।



जनताको घरदैलो हुँदै मनदैलो सम्म नेकपा एमाले पुगिसकेको हुँदा जनतालाई बिभिन्न लोभ लालच देखाएर जनताको स्वाभिमान किन्न धनदैलो लिएर पुगेकाहरुसँग सतर्क रहनुहुन मतदातालाई वडा अध्यक्ष पदका उम्मेदवार मित्रलाल सुनारले आग्रह समेत गरेका छन् । उनले आफू जनताको सेवामा दिनरात खटिने र कसैलाइ अन्याय पर्दा न्यायको खोजिमा कानुन सँग पनि लड्न तयार हुने भएकोले आफुले मतदाताको घरदैलो हुँदै मनदैलोमा पुगेर सम्पुर्ण वडा बासीहरुको मन जितेको हुँदा आफुलाई धनदैलो गर्न आवस्यक नरहेको बताए ।

उनले वडामा हुने विभिन्न समस्या समाधान गर्न, निकुन्ज आसपासका जनतालाई निकुन्जका जनावरबाट हुने क्षती रोक्न र कृषी पर्यटनमा नमुना वडा बनाउन शिक्षा स्वास्थ खानेपानी खेलकुदको समग्र बिकासलाई प्राथमिकतामा राख्दै अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाई सुकुम्बासीलाई उचित बासको व्यवस्था गरि दिनरात खटिने र आफूले यस वडाको लागि गर्नु पर्ने सम्पुर्ण कामहरु योजनावद्द तरिकाले पूरा गर्ने बताए।