
२७ बैशाख,
रोल्पा : रोल्पामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्वारा खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्।
गएराती रोल्पाको गङ्गादेव गाउँपालिकामा गङ्गादेव गाउँपालिका-५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका हुन् ।



घाईते भएका कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ, भने गम्भीर घाइते भएका मनबहादुरलाई नेपालगञ्ज रेफर गरिएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेर केही समयमा पार्टीका नेताहरू आएपछि घटनाबारे छानबिन सुरू गरिने रोल्पा प्रहरीले जनाएकोे छ ।
गएको हप्ता पनि वाईसीएलको आक्रमणबाट रोल्पाको माडी गाउँपालिका–४ का कांग्रेसका वडाध्यक्ष उम्मेदवार निमबहादुर डाँगी घाइते भएका थिए। सत्यपाटीबाट साभार