
२६ बैशाख,
बाँके : कोहलपुर नगरपालिका वडा नम्बर १२ का नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार टेक बहादुर शाहीले १२ नम्बर वडाको विकास गर्ने भिजन आफूसँग रहेको बताएका छन्।

शाही भन्छन्, “राजनीतिलाई आर्थिक उपार्जन गर्ने थलोको रूपमा हेरिनु हुन्न यो नितान्त समाज सेवा हो । मैले जिम्मेवारी पाएमा म निस्वार्थ जनताको सेवामा लाग्नेछु, आवश्यक जिम्मेवारी र वडाबासी जनताको साथ पाए यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाई, स्वास्थ्य र भूमिहीन नागरिकको पक्षमा रहेर १२ नम्बर वडाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने त्यो भिजन म सँग छ, “उनले भने”




बागेश्वोरी खबर मिडिया सँग छोटो संवाद गर्दै शाही अगाडि भन्छन् “म विगत केही समय देखि राजनीतिमा आबद्द रहेपनि समग्र १२ नम्बर वडाको आर्थिक, सामाजिक पक्षलाई नजिकबाट नियालेको छु। म जनताको मत पाउनेमा ढुक्क छु म वडा अध्यक्षमा निर्वाचित भएमा शिक्षा, स्वास्थ्य रोजगारी, खानेपानि लगाएतका क्षेत्रमा विकास गरेर देखाउने प्रतिवद्धता गरेको उनले बताएका छन्।

राजनीतिमा युवाहरुको सहभागिता आजको आवश्यकता हो, युवाको आकर्षण राजनीति प्रति भएपनी नेतृत्व गर्ने तहमा पुग्न सकेका छैनन र नेतृत्व तहमा पुगेकाहरुले पनि विभिन्न कारणले आफ्नो भिजन अनुसार काम गर्न नसकेको शाहीले बताए।
चुनाव प्रसार प्रसारको क्रममा आफूलाई वडाबासिको समर्थन रहेको र भेट भएका आफ्ना वडाबासीबाट आएका सकरात्मक प्रतिक्रियालाई आधार मान्दा आफूले जित्नेमा वडा अध्यक्ष पदका उम्मेदवार शाही विश्वस्त छन्।


