२५ बैशाख,
बाँके : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ स्थित चप्परगौडीमा रहेको श्री ज्ञानज्योति माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ भर्ना अभियान कार्यक्रम सुरु गरेको छ।

आईतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव लम्साल र प्रधानाध्यापक बिनोद लम्सालको नेतृत्वमा विगत लामो समयदेखि कोहलपुरको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस सामुदायिक विद्यालयले २०७९ सालको “सबै बालबालिकालाई विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं” भन्ने मुल नारासहित नयाँ भर्ना अभियान कार्यक्रम सुरु गरेको हो। उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक/ शिक्षिका लगाएत केहि अभिभावकको उपस्थिति समेत रहेको विद्यालयका प्रधानाध्यापक बिनोद लम्सालले जानकारी दिएका छन्।

प्रधानाध्यापक लम्सालका अनुसार, यस विद्यालयमा अध्यापन गराईने विषयहरु: साधारण शिक्षा तर्फबाट कक्षा ११ र १२ को व्यवस्थापन समुहमा कम्प्युटर शिक्षा, होटल मेनेजमेन्ट, विज्ञान समूह, कानुन समूह र शिक्षा समूह रहेका छन्, भने प्राविधिक तर्फ: सिभिल ईन्जिनेरिङ्ग ३ वर्षे, जियोम्याटिक्स ईन्जिनेरिङ्ग ३ वर्षे, प्रि- डिप्लोमा सिभिल, र ईन्जिनेरिङ्ग विषयहरुको अध्यापन गराउदै आईरहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव लम्सालका अनुसार, भौतिक तथा शैक्षिक सुविधाहरु मार्फत राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा आजको २१ औं शताब्दिको समयमा आम जनशक्तिहरु विच प्रतिस्पधा गर्न सक्ने सक्षम, योग्य र सबल जनशक्ति उत्पादन गर्ने कोहलपुर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय मध्ये उतकृष्टमा पर्ने श्री ज्ञानज्योति माध्यमिक विद्यालय हो “उनले भने, “यसको दृष्टिकोण भनेको शैक्षिक मापदण्ड अनुसार पेशागत मूल्य र मान्यतामा आधारित मानव गुण तथा सीप उपयोगी दक्ष, क्षमतावान, योग्य, सक्षम तथा आकर्षक व्यक्तित्त्र उत्पादन गर्दे विश्व परिवशमा आम जनशक्तिले प्रतिस्पधा गर्न सक्ने खालको जनशक्तिमा जोड दिएको बताएका छन्।”

यस विद्यालयलाई उद्देश्यको हिसाबले हेर्दा भौतिक एवं शैक्षिक स्रोतहरु, अति दक्ष तथा समर्पित शैक्षिक व्यक्तित्वबाट प्रदान गरिने मूल्यमा आधारित शिक्षाद्धारा तयार पारिएको शैक्षिक जनशक्ति मार्फत शैक्षिक, सामाजिक तथा आर्थिक विकासाई अब्बल बनाउने साथै शैक्षिक रुपले फरक खालको सुविधाहरु प्रदान गर्दै आम बालबालिकाहरुलाई सिकाईमा सहजता ल्याउने मनसाय बमोजिम अगाडी बढेको पाईन्छ । जसमा विद्यार्थीमैत्री सिकाई वातावरण्को निर्माणमा अवस्थित रहेको छ । जसमा बालबालिकामा सिकाइमैत्रीको लागि खुल्ला वातावरणको तयार गरी स्वतन्त्र रुपमा आम सह-पाठीहरु विच छलफल गराउने, दण्ड रहित शिक्षामा जोड दिने, विद्यार्थीमा स्वतन्त्रता प्रदान गरेर सहजरुपमा आफ्ना विज्ञासा राख्नका लागि तत्पर रहने वातावरण तयार गर्ने, आत्मविश्वासका साथै स्पष्टता तथा विचारको स्पष्ट धारणा राख्न पाउने, बालमैत्री तथा सिकाइमेत्री वातावरणमा जोड दिने रहेको छ ।

आउने दिनमा यस विद्यालयको उज्वल भविष्यको कामना सहित सबै विद्यालयको वातावरण यसखालको होस । शुल्क होइन गुणस्तरता तथा आजका विद्यार्थीहरुको सुविधामा ततपर भएर अगाडी बढौं आम अभिभावकको मन तथा आत्म एवम् शताब्दि अनुसारको शिक्षामा जोड दिने काम गरौ ।
“जय शैक्षिक संस्था”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय