२४ बैशाख,
सरकारले काठमाडौंबाट आचरण विपरीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरीलाई कारबाही गरी सेवाबाटै बर्खास्त गरेको छ ।

कारबाहीमा परेकाहरू मध्येमा माद्क पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने जस्ता गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरीलाई कारबाही गरी सेवाबाटै बर्खास्त गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जनाएका छन्।

प्रहरी प्रवक्ता केसीका अनुसार, कारबाहीमा परेकामध्ये एक जना भने बलात्कार आरोपमा प्रहरी हिरासतमा छन् । म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्छ ‘उनले भने, ‘तर ४६ जनाबाट भने गैर व्यावसायिक आचरण प्रदर्शन भएको र उनीहरूलाई कारबाही गरिएको केसी बताउँछन्’ ।

सरकारले निर्वाचन प्रयोजनका लागि ४० दिनसम्म म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू ४० दिनसम्म खटिए वापत सरकारले ४४ हजार ४४० रूपैयाँ तलब तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय