२२ बैशाख,

बाँके : फेसबुक र टिकटक जस्ता सोसल मिडियाहरुमा केहि दिनदेखि म्यादी हुँ भन्दै सामाजिक संजालमा भिडियो बनाउने एक जना युवक पक्राउ छन् ।

पक्राउ पर्नेमा, कपिलवस्तुको बाणगंगा नगरपालिका – ४ का १६ वर्षीय नवराज रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिएका छन्।

एसएसपी के.सीका अनुसार, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले भाईरल युवक रेग्मीलाई पक्राउ गरेको हो। उनले म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका थिए। सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी भएको बताएका छन् ।

भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी भन्ने जस्ता अशब्दहरु बोलेका थिए।

माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’ प्रहरीका अनुसार म्यादीको पोशाकमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्रहरी नभएको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको एसएसपी केसीले बताए । प्रहरीले पुरणसँग समेत पोशाकबारेमा सोधपुछ गरेको छ । तर, पुरणले आफू घरमा नभएका बेला पोशाक लगाएर दुरुपयोग गरेको प्रहरीलाई बताएका छन् । यो हो खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय