
२१ बैशाख,
बाँके : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ नेपाली कांग्रेसका उम्मेदवार कान्छा थारुमाथि माओवादीका कार्यकर्ताद्वारा आक्रमण गर्ने प्रयास गरिएको छ।
गएराती कांग्रेसका उम्मेदवार कान्छा थारुको घरमै पुगेर नेकपा (माओबादी केन्द्र) का तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार मिनराज खड्का ‘सन्तोष’ सहितका कार्यकर्ताहरु आक्रमण प्रयास गरिएको उम्मेदवार कान्छाले जानकारी दिएका छन् ।



उम्मेद्वार कान्छाका अनुसार, निर्वाचनको प्रचार प्रसार सकेर घरमा सुत्ने तयारीमा रहेका कान्छालाई करिव मध्यान्नको १२ बजेतिर १५/२० वटा बाईकमा पुगेका माओबादीका कार्यकर्ताहरुले आधा घण्टासम्म घरमा घेरा हालेको बताए।
माओबादीका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार मिनराज खड्का सन्तोषसहित उनका कार्यकर्ताहरु मेरो घरमा आईपुगे, बाहिर मोटरसाईकलको हर्न बजाउँदै, मेरो घर घेरा हालेर आधा घण्टा सम्म उनीहरुले आक्रमण गर्न प्रयास गरेका थिए। ‘उनले भने’ आक्रमण भए लगत्तै ईलाका प्रहरी कार्यालय धामपुरमा तत्कालै खबर गरेको र माओबादी कार्यकर्ताहरु निस्केपछि प्रहरी पुगेको कान्छाले बताए ।
राप्तीसोनारी गाउँपालिका ४ मा थारु समुदायको बाहुल्यता भएको कारण आगामी निर्वाचनमा उम्मेदवारलाई जिताउन यहाँ थारु समुदायकै हात रहेको कान्छाले बताएका छन्। यहाँका थारु लगायत सबै समुदायले यसपटक पनि कान्छालाई जिताउने सोच बनाएको चर्चा चलेको उनको भनाई छ ।