२० बैशाख,
बाँके : बाँकेको खजुरा गाउँपालिका २ एल गाउँस्थित सुबेदी चोकबाट करिव ६२ लाख बराबरको ८०२ ग्राम ७३ मिलि ग्राम गहना सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, जिल्ला बझाङको जयपृथ्वी नगरपालिका वडा न. १ पिमीस्थित कैलाशमा बस्ने २८ वर्षीय अशोक बहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार, सोमबार अन्दाजी साँझको ७:२० बजेको समयमा खजुरा गाउँपालिका २ एल गाउँको सुबेदी चोकस्थित रहेको ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद तरिकाले बाटोमा हिडिरहेका अशोक बहादुर सिंहलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ठुलो परिणामको गर गहना सुनसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो। सिंह प्रहरीलाई देख्ने बित्तिकै भागेका थिए।

सिंहलाई पक्राउ गरी उनले बोकेको कालो रङगको झोलाबाट सुनको हार, मंगल सुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुलीका टुक्रा पथ्थर र मालासहित करिव ६२ लाख बराबरको मोटो रकमको ८०२ ग्राम ७३ मिलि ग्राम सुनसहित फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसन्धान अनुसार, उनले भारतको ब्याङ्लोरबाट चोरी गरी नेपाल भित्राएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। भारतिय प्रहरी संग समन्वय गरी आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय