१७ बैशाख,
बाँके : बाँकेको राप्तिसोनारी गाउँपालिकामा नेकपा एमालेले घरदैलो कार्यक्रमलाई तीब्र पारेको छ । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले राप्तिसोनारीमा घरदैलो अभियान सुरु गरिएको हो।

एमालेको तर्फबाट पालिका अध्यक्ष पदका उम्मेदवार रहेका कमरेड रामदास थारु र उपाध्यक्ष पदका उम्मेदवार चमेली बाकवलले राप्तिसोनारी गाउँपालिकाको वडा नम्बर ३, ८ लगाएत अन्य वडाहरुमा घर, घर र टोल, टोलमा नेकपा एमालेको प्रचार प्रसार सहितको घरदैलो तथा भेटगाट कार्यक्रम गरिएको छ ।

घरदैलो क्रममा उम्मेदवार थारु र बाकवलले सम्बृद्ध र विकसित पालिका निर्माणका लागि एमालेको पक्षमा मतदान गर्न मतदाताहरु सँग आग्रह गरेका छन् । उनीहरुले अघिल्लो निर्वाचनमा आफुहरुले पालिकाको विकास निर्माणमा उल्लेखिय कार्य गरेको भन्दै अधुरा विकास निर्माणका कामलाई पूणर्ता दिन आफुहरुको पक्षमा मतदान गर्न आग्रह गरेका हुन्।

पालिका अध्यक्ष पदका उम्मेद्वार रामदास थारुले नेकपा एमालेलाइ बहुमतले जिताएर नेकपा एमालेको सरकार ल्याउन सके जनताको मालिक भन्दा पनि सेवक भएर काम गर्ने जनतासंगको प्रतिवद्धतामा व्यक्त गरेका छन्।

उक्त घरदैलो कार्यक्रमा पालिका कमिटि अध्यक्ष कमरेड मनोज के.सी लगाएत युवा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय