१७ बैशाख,
बर्दिया : बर्दियाको बाँसगढी नगरपालिका ३ गौरी चोकबाट चित्तलको मासु सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, बाँसगढी नगरपालिका ३ गौरी चोकमा बस्ने प्रेम बहादुर बिष्ट, सोहि ठाउँका भद्दु थारु र शिब प्रसाद थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दिया जनाएको छ।

प्रहरीका अनुसार, शनिवार आज बिहान अन्दाजी ५:४५ बजेको समयमा लुकिछिपी गरी चोरी सिकार गरेर जंगलबाट चित्तलको मासु ल्याई भागबण्डा गरिरहेका छन् भन्ने बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरको प्रहरी टोली र सब डिभिजन बन कार्यालय बाँसगढीबाट खटिएको संयुक्त टोलीले करिव ५० किलो चित्तलको मासु सहित ३ जनालाई पक्राउ गरिएको हो।

पक्राउ परेका ३ जना माथि आवश्यक थप कारवाहीको लागी सब डिभिजन वन कार्यालय बर्दियामा बुझाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय