१७ बैशाख,
बाँके : बाँकेको राप्तिसोनारीका बासिन्दा कमरेड रामदास थारु २०३६ सालदेखि निरन्तर राजनीति र सामाजिक सेवामा सक्रीय छन्। आगामी बैशाख ३० गतेका दिन सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्षमा कमरेड रामदास थारु चुनावी मैदानमा उत्रिएका छन्।

विक्रम संवत २०१६ सालमा बुवा बाजीराम थारु र आमा बेचनी थारुको कोखबाट जन्मिएका रामदाश थारु २०३६ सालबाट राजनीतिमा अनि सामाजिक सेवामा प्रवेश गरेका हुन् । थारु सानै उमेरदेखि राजनीति र समाजसेवामा सक्रिय भएर पार्टीको २०४३ सालमा पञ्चायती व्यवस्थामा जनपक्षीय उम्मेद्बार भएर वडामा निर्वाचित भएका थिए । उनी २०४६ सालमा नेकपा एमालेको गाउँ कमिटीको सदस्यमा आवद्ध भएदेखि निरन्तर पाटी भित्रका सक्रिय योद्धाको रुपमा चिनिएका छन्।

उनको राजनीति र समाजसेवाको मोहले गर्दा उनीलाई २०५४ सालको स्थानीय निर्वाचनमा गाबिस अध्यक्षको रुपमा उम्मेद्बार बनाइएको थियो। उक्त स्थानीय निर्वाचनमा थारुले झिनो मतले पराजित भएका थिए । थारु अन्य पार्टीसङ्गको राजनीति प्रतिस्पर्धामा पराजित भए पनि जनताको सेवा गर्न र सामाजिक कार्यमा अनि जनताको नजरमा कहिले पनि पराजित भएका छैनन् ‘उनले भने’

रामदासले भने, २०६४ सालको संविधान सभाको चुनावमा समानुपातिक उम्मेद्बारको रुपमा उठेको थिए त्यो बेला अत्याधिक मत पाए पनि त्यो स्थानमा पुग्न सकेको थिएन, २०७० सालको दोस्रो संविधान सभाको चुनावमा पुन: समानुपातिक उम्मेद्बारको रुपमा उठेको थिए त्यो बेला आफ्नो पाटिलाई चुनाव जिताउन पुर्ण रुपमा सफल भए तर, आफू असफल भएको बताएका छन्।

राप्तिसोनारी गाउँपालिका अध्यक्षका उम्मेदवार रामदास भन्छन– “म पार्टीलाई जिताउन निरन्तर लागिरहे मेरा पाइला कहिले लडबडिएन । साच्चै राजनितिमा थकान भन्ने शब्दनै नहुने रहेछ म आजको दिनसम्म आइपुग्दा पनि त्यो थकान कहिले महसुस गरिन जबसम्म म जनताको सेवामा खटिरहनेछु त्यो दिनसम्म थाक्ने छैन म गाउँ समाज अनि पार्टीलाई हाक्ने छु ।” ‘उनले भने’

रामदास राजनीति मा मात्रै नभैइ सामाजिक कार्यमा पनि उतिकै लगनशिल र सक्रिय छ्न उनी श्री लक्ष्मी मा.बि मदुुईको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहिरहदा विद्यालयमा कृषिधारको प्राविधिक बिषय ल्याउन सफल भएका थिए। ‘राप्तिसोनारी गाउँपालिका कृषि क्षेत्रमा निकै सम्भावना बोकेको पालिका भएको हिसाबले पनि यहीँ कृषि शिक्षाको एकदमै आवस्यकता थियो मैले त्यो आवश्यकतालाई आफ्नो जिम्मेवारी ठानेर कृषि बिषय ल्याउन सफल भएको उनले बताएका छन्।

पार्टी अनि जनताप्रती एकदमै इमान्दार, लगनशिल र कर्तव्यनिष्ठ भएर छल, कपट, बेईमान नभएका जनताप्रति सधै सरल र मिठास बोली भएका नम्र स्वभावका धनी रामदास राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा उनलाई नेकपा एमालेले उमेद्वार बनाएको छ ।

रामदास भन्छ्न–‘म जनताको सेवामा सधै दास बन्न तयार छु । म सोझो थारुको छोरोलाई नेकपा एमालेले एकदमै न्याय गरेको छ मेरो कामलाई पार्टीले मूल्याकंन गरेको छ म एकदमै खुसी छु । मैले चुनाव जितेर गएपछी मेरो पहिलो प्राथमिकताको बिषय भनेको ‘समृद्ध राप्तिसोनारी अनि सुखी राप्तिसोनारी बासी हुनेछ ।’

उनले आफु निर्वाचित भएपछि राप्तिसोनारी गाउँलालिकालाई सडक सन्जालमा सहजै जोड्ने, भौतिक पुर्वाधार बिकास गर्ने, कृषिलाई आधुनिकिकरण गर्ने, प्रकृति र सस्कृती सरक्षण बिकासका लागि पर्या– पर्यटनको प्रबर्द्धन गर्ने, स्वास्थ शिक्षा र खानेपानीलाई सर्वसुलभ बनाउने कचनापुर र बिनौना जोड्ने पुलको अधुरो काम पूरा गर्ने, टिकुलीपुर र ढलैया जोड्ने झोलुङ्गे पुल अनि धामपुर र खोरिया जोढ्ने झोलुङ्गे पुलको लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय