१५ बैशाख,
राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । उनले बुधबार अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्। पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।

राप्रपा नेपालले स्थानीय निर्वाचनमा एमालेसँग तालमेल गरेर अघि बढेपछि पौड्याल असन्तुष्ट रहेको बुझिएको छ । स्थानीय निर्वाचनमा राप्रपा नेपालले एमालेको चुनाव चिह्न सूर्य लिएर उठ्ने भएको छ । सो विषयमा पौड्यालले असहमति जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय