१४ बैशाख,
सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार शनिबार र आइतबार दुई दिन बिदा दिइनेछ। आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

यो निर्णयले पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै यातायात जाम पनि कम हुने विश्वास सरकारको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय