१३ बैशाख,
बाँके : आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव प्रचार प्रसारमा नेपालगन्ज उप-महानगरपालिकाले सार्वजनिक साधन नगर बसको प्रयोग गरिएको छ।
यसरी कुनै पार्टीको झन्डा बोकेर सार्वजनिक साधनको दुरुपयोग गरेर सार्वजनिकस्थलमा प्रयोग गरिदा नेपालगन्ज उप-महानगरपालिका मेयर- उप मेयर लगाएतका प्रशासनको ध्यानाआकर्षण नभएपछि स्थानीयहरुले आरोप समेत लगाएका छन्।
स्थानीयका अनुसार, उप-महानगरपालिकाले सर्बसाधारण जनताको सहजता लागि खरिद गरिएको सार्वजनिक बसमा कुनै पार्टीको झन्डा बोकेर प्रचार गर्नु अवैध रहेको बताएका छन्।
यसरि पार्टीको झन्डा बोकेर प्रचार गर्ने, गराउने सबैमाथि सम्बन्धित निकायको ध्यानआकर्षण हुन जरुरि देखिएको छ।