
१२ बैशाख,
बाँके : दार्चुलामा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा, दार्चुलाका स्थानीय महेश कपाडीका ६ वर्षीय छोरा अमृत कपाडीको घटनास्थलमै मृत्यु भएको हो।
जिल्लाको शैल्यशिखर नगरपालिका-२ रौतेउडामा ना ५ ख १८०८ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो।



प्रहरीका अनुसार विद्यालयबाट फर्कने क्रममा बसको ठक्करबाट उनको मृत्यु भएपछि स्थानीयले बस जलाएका छन्। चालक फरार भएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको बताएको छ।