११ बैशाख,
बाँके : आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव सरगर्मी बढ्दै गइरहेको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का स्थानीय बासिन्दा एवंम एमालेका प्रभावशाली नेता टेक बहादुर शाही अहिले जनताको घर र्दैलो अभियानलाई तिव्रता दिएका छन्। यद्यपि जनताको घरमा जाने दुःख सुखमा सहभागी हुने उनको सधैं जसो दैनिकी नै बनिसकेको छ ।

कोहलपुर वडा नम्बर १२ मा नेकपा एमालेबाट वडा अध्यक्षको लागि शाही बलियो उम्मेदवारको रुपमा चिनिएका छन् । उनले सानैदेखि आमाबुवाबाट प्रेरित हुँदै पार्टीको राजनीतिक यात्रा सुरु गरेका थिए ।

वडा अध्यक्ष पदका उम्मेदवार शाही भन्छन्, “मलाई एक पटक स्थानीय निर्वाचनमा बहुमुल्य मत दिएर जिताउन सहयोग गर्नुहोस्। त्यस पश्च्यात वडा बासीहरुलाई शिक्षा, स्वास्थ्य, कृषी, खानेपानी, पूर्वाधार, विद्युत, सडक लगायतका विभिन्न क्षेत्रमा आमुल परिवर्तन ल्याउने सोचका साथ बिकाशको निरन्तरतामा जोड दिईने चुनौती समेत दिएका छन्।”

कोहलपुर वडा नम्बर १२ को समग्र विकास र समृद्धिका लागि विगत लामो समयदेखि वडामा भएका समस्या र त्यसको उपायको बारेमा म विज्ञ छु । “उनले भने” वडा नम्बर १२ का जनताहरुसंग प्रत्यक्ष रुपमा सामाजिक काममा होस्, वा विकास निर्माणको काम होस्, वा आर्थिक तथा भौतिक रुपमा सहयोग होस्, वा अन्य कुनै क्षेत्रमा काम पर्दा निकट भएर काम गरेको उनले बताएका छन् ।

शाहीले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा १२ नम्बर वडाका सम्पूर्ण बासिन्दाहरुलाई बहुमुल्य मत दिएर नेकपा एमालेलाई जिताउन अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय