११ बैशाख,
बाँके : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा कमरेड खिल प्रसाद भुषाल र उप-मेयरमा अस्मिता थारुलाई चयन गरेको छ।

त्यसैगरी, राप्तीसोनारी गाउँपालिका अध्यक्षमा रामदास थारु, उपाध्यक्षमा चमेली बाकबल, बैजनाथ गाँउपालिका अध्यक्षमा घननाथ खनाल, उपाध्यक्षमा प्रेमपुर्णा योगी, खजुरा गाँउपालिका अध्यक्षमा सुमन मल्ल, उपाध्यक्षमा नजिरा बेगम, जानकी गाँउपालिकामा अध्यक्षमा हेमन्सु यादव, उपाध्यक्षमा भुमिसरा धिताल, डुडुवा गाँउपालिका अध्यक्षमा सरोज कुमारी यादव, उपाध्यक्षमा सकिल खाँ, नरैनापुर गाँउपालिका अध्यक्षमा पदमावती यादव उपाध्यक्षमा राम कुमार दिक्षित लाई उम्मेदवार चयन गरिएको एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय