१० बैशाख,
बाँके : कोहलपुरमा लामो समय देखि रोडमा थुप्रिएको फोहोरको व्यवस्थापन नगर्दा बजार क्षेत्र दुरगन्धित भएको छ । नगरपालिका र फोहोर व्यवस्थापन गर्ने कम्पनि बीच पटक पटक सम्झौता हुन नसकेपछी कोहलपुरमा फोहोर थुप्रिएको हो।
फोहोर व्यवस्थापन गर्ने जटायु रिसाइकलर्स प्रा.लि. र कोहलपुर नगरपालिका बिच रकम भुक्तानीको विषयमा कुरा नमिल्दा विवाद भएपछी कोहलपुरमा फोहोरको व्यवस्थापनमा समस्या नै समस्या देखिएको छ। यद्यपी कोहलपुर नगरपालिका र सम्बन्धित निकायहरुको लापरबाहीले पालिकामा रहेका व्यापारी लगाएत स्थानीयहरुलाई फोहोर व्यवस्थापनमा समस्या देखिएको छ।
दिनानु दिन लामो समयदेखि बजार क्षेत्रमा फोहोर थुप्रिएपछी सम्बन्धीत कम्पनीले फोहोरको व्यवस्थापन नगर्दा बजार क्षेत्र दुगन्धित भएको भन्दै शनिबार कोहलपुर नगरपालिकाका वाइसिएलको नेतृत्वमा कोहलपुर नगरपालिकाको गेटमा फोेहोर फाली दिएका छन्।