८ बैशाख,
बाँके : नेकपा एमाले राप्तिसोनारी गाउँपालिका कमिटि अध्यक्ष कमरेड मनोज के.सीले ‘पार्टीले गरेको राम्रा/नराम्रा काम प्रति जनताहरुले दिएको सल्लाह, सुझाव र प्रतिक्रियालाई सकारात्मक रुपमा लिएको बताएका छन्।’
बिहीबार कमिटि अध्यक्ष के.सीको नतृत्वमा पालिका भित्र रहेका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु लगाएत वडा कमिटी अध्यक्षहरुलाई सहभागी बनाई नयाँ वर्ष २०७९ को शुभकामना कार्ड वितरण गरिएको छ। यद्यपी पालिका कमिटी अध्यक्षद्वारा वडा नं ३, ५, ८ वडा कमिटि अध्यक्षहरुलाई शुभकामना कार्ड जिम्मा लगाई आउने निर्वाचनको बारेमा छलफल गरिएको बताएका छन्।
उक्त कार्यक्रममा सम्बोधन गर्दै के.सी भनछन्, “बैशाख ३० गते हुने निर्वाचनमा उप-महानगरपालिका, नगरपालिका, गाउँपालिका लगाएत वडा अध्यक्षहरुको नाम सिफारिस भएपछी बाँकेमा यतिबेला सम्पूर्ण पार्टीका नेताहरुको चर्चा र परिचर्चा चलिरहेको बताएका छन्।” २०७४ सालमा निर्वाचित भएका पार्टीका कार्यकर्ताहरुले ४/५ वर्षको अन्तारलमा गरेका विकाशका कामहरु प्रति यतिबेला जनताहरुको ध्यानाआकर्षण गएको छ, साथै कुन पार्टी र कार्यकर्ताले कतिसम्म बिकाश गरेको भनेर टिकाटिप्पिनी समेत गर्न थालेका छन्। “उनले भने” कुनैपनि पार्टीले गरेका राम्रा/नराम्रा बिकाश, काम प्रति जनताहरुको प्रतिक्रिया पाउनु स्वाभाविक र अधिकार रहेको के.सी ले बताएका छन्।
एमाले राप्तिसोनारी गाउँपालिकाबाट अध्यक्षको लागि तिन जनाको नाम सिफारिस भएको छ। उक्त सिफारिस गरिएको तिन जनाको नाम मध्य जसले टिकट पाएपनि नेकपा (एमाले) का प्रस्तावित उम्मेदवारहरुको एउटै स्वर हुनु पर्छ ‘टिकट पाए जितेर देखाऊछु, नपाए जिताएर देखाउछु’ भन्ने मूल नारासहित स्थानीय तहको निर्वाचनमा लागिरहेको पालिका कमिटि अध्यक्ष कमरेड मनोज के.सीले बताए ।
पालिका अध्यक्षको लागि जसले टिकट पाएपनि निर्धक्क साथ् बहुमुल्य मत दिएर स्थानीय सरकार नेकपा एमालेको बनाउन अनुरोध समेत गरेका छन्।