८ बैशाख,
बाँके : बाँकेमा यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने छात्रा भन्दा छात्र धेरै भएका छन् ।

भोलिबाट शुरु हुन लागेको एसईई परीक्षामा बाँकेबाट ९ हजार १४९ जना परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ। तीमध्ये ४ हजार ६२० छात्र र ४ हजार ५२९ जना छात्रा रहेका छन्।

परीक्षा सञ्चालनका लागि बाँकेमा ३३ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका निमित्त प्रमुख रामसुरेश यादवले जानकारी दिए।

यादवका अनुसार, बाँकेका ८ पालिका मध्ये सबैभन्दा बढि कोहलपुर नगरपालिकामा परीक्षा केन्द्र तोकिएको छ भने, जानकी, डुडुवा र नरैनापुरमा एक-एक वटा परीक्षा केन्द्र राखिएको बताए ।

कोहलपुर नगरपालिकामा कुल ९ वटा, नेपालगन्जमा उपमहानगरपालिकामा ८ वटा, खजुरा गाउँपालिकामा ४ वटा, राप्तीसोनारी गाउँपालिकामा ४ वटा, र बैजनाथ गाउँपालिकामा ५ वटा परिक्षा केन्द्र तोकिएको छ।

एसईईका लागि उत्तरपुस्तिका सम्वन्धित परीक्षा केन्द्रहरूमा पुर्‍याइसकिएको छ भने प्रश्नपत्र नजिकैको प्रहरी कार्यालयमा लगेर राखिएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय