८ बैशाख,
बाँके : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ सिद्दनगरका बासिन्दा कमरेड खिल प्रशाद भुसाल २०३८ साल देखि निरन्तर राजनीतिमा सक्रिय छन् । भुसाल २०७९ वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा कोहलपुर नगरपालिकाको मेयरका लागि एमालेबाट सिफारिस भएका छन्।

२०२५ साल साउन २९ गते पर्वत जिल्लामा जन्मेका भुसाल पार्टीको भातृ सङ्गठन अनेरास्ववियुमा २०३८ सालबाट पार्टीमा सक्रिय रूपले लागिरहेका छन्। भुसाल अनेरास्ववियुको प्रथम जिल्ला अधिवेशनबाट सदस्यमा निर्वाचित भएका थिए।

बागेश्वरी खबर मिडिया सँगको विशेष सम्बादमा भुसाल भन्छन्, “२०४० सालमा भएको पुष्कर हत्या काण्डमा सरिक हुँदा सानै उमेरमा जेल समेत बसेको अनुभब सुनाएका छन्।” उनले सामाजिक रूपान्तरण, जनताको हक हितका लड़ाई, बहुदलीय व्यवस्था प्राप्तिका निम्ति भएको आन्दोलनमा जोडिँदै पार्टीको तत्कालीन आन्दोलन भारत प्रवास आन्दोलन २०४२ देखि २०४७ साल सम्मा आफ्नो महत्त्वपूर्ण भूमिका रहेको बताए।

यद्यपी भुसालको सक्रिय सहभागीता रहेको सामाजिक रुपान्तरणका लागि बुर्जुवा शिक्षालाई बहिस्कार पार्दै ‘मार्क्स बादी शिक्षा अध्यन गर’ भन्ने पार्टीको मूल नारालाई आत्मसात गर्दै महत्त्वपूर्ण आन्दोलनका रुपमामा होममिएको बताएका छन्। भुसाल तकालिन नेकपा (माले) नेकपा मार्क्स बादी एकीकरण भएपश्चात २०४७ मा पर्वत जिल्ला कमिटीको विशेष अनुरोधमा नेपाल फर्कीएका थिए। २०४७ साल देखि २०४९ सालसम्म पर्वत जिल्लाको वडा नम्बर ७ का ईलाका कमिटी सचिव रही कुशलता पूर्वक आफ्नो जिम्मेवारी पाए पश्चात निर्वाचन जित्नका लागी आफ्नो महत्त्वपूर्ण अहम भूमिका रहेको बताए ।

थप.… सम्बादमा भुसाल भनछन्, “२०५४ सालमा कोहलपुरको गाउँ कमिटी सचिव हुँदै गर्दा वासुदेव लमसालको नेतृत्वमा आफूहरुले चुनाव जिताएको बताएका छन्।” यसरी राजनीतिमा सक्रिय रूपले लाग्दै २०६५ सालमा पार्टीले उद्योग वाणिज्य संघ कोहलपुरमा कोषाअध्यक्षको जिम्मेवारी दिएपछि नगर विकास भित्र करिब बाउन्न लाखको जग्गामा उद्योग वाणिज्य संघको भवन बनाउनको लागि ठूलो संघर्स र लड़ाई पश्चात सफल भएको बताए ।

भुसालले कोहलपुर नगरपालिका भित्र १३८ वटा टोल कमिटी, १५ वटै वडामा जनवर्गीय संगठनहरु, नगर कमिटीहरु अनेम सँघ, युवा संघ, नेपाल राष्ट्रिय व्यापार संघ, मजदुर संघ, भूतपूर्व प्रहरी सैनिक संघ र १५ वडामै अनेम संघ र युवा कमिटी लगाएत पार्टीका विभिन्न संगठनहरुलाई चुस्त दुरुस्त र तिब्र रुपले सक्रिय बनाउन नियमित छलफल, कुराकानी भइरहेको छ बताएका छन्।

पार्टीका नेता, कार्यकर्ताहरु मेरो नाम सिफारिस भएको थाहा पाउदा खुशी भएका छन् । म मेरो तर्फ बाट र पार्टीको एजेण्डा समृद्ध नेपाल खुसी नेपाली भन्ने मूल सपनालाई साकार पार्न कुनै कसूर बाँकी राख्ने छैन l “उनले भने”

भुसालको उमेद्वारी किन ? भन्ने प्रश्नमा उनी भन्छन् :

विकासलाई दुई भागमा बाँडेर अगाडि बढ्ने जस्तै: ‘सामाजिक विकाश र भौतिक पूर्वाधार’ सामाजिक विकास भन्नाले जनताको जीवन स्थर उकास्ने जस्तै: गाँस बास, कपास र शिक्षा जस्ता आधारभूत कुराहरूमा जोड दिँदै नेपालको संविधानको धारा १६ देखि ४८ सम्म निर्दिष्ट गरेका हक अधिकारलाई सुनिस्चित गर्न दलित, जनजाति, आदि बासी, मुसहर बस्ती, बादी जाती लगायत अन्य गरीब जनताहरूको हक अधिकार र हितका लागि प्रतिबद्ध रहने र अर्को लैंगिक हिंसा विरुद्ध लागि पर्दै महिला मैत्री नगरपालिका बनाउने योजना रहेको बताएका छन्।

भुसाल भन्छन् “जनताको चेतना र आर्थिक रूपले जीवन स्तर माथि उठे मात्र समग्र विकास सम्भव रहेको बताए, साथै सामाजिक रूपमा बहिष्कृत र अपहेलित वर्गहरुलाई उनीहरूको अधिकार, सुविधा, सेवामा प्रत्याभूत बनाई त्यस्ता पिछडिएका वर्गहरुलाई विकासको मूलधारमा ल्याउन समेत आवस्यक कदम कडा पूर्वक चालने बताए।”

त्यसैगरी, भौतिक पुर्वाधार विकास भन्नाले, रिङ रोड, सुविधा सम्पन्न सरकारी अस्पताल, बाटो घाटो, सिंचाईका लागि प्रयाप्त पानीको व्यवस्था जस्कालागी कुलो, नहरको उचित व्यवस्थापन गर्दै जनतालाई बीउबिजन मल राहत सहयोग र बजार व्यवस्थापन गरिने बताएका छन्। साथै कोहलपुरको अव्यवस्थित बसोबास भूमिहिनका सुकुम्बासीले लालपुर्जा लगायतका सामाजिक समस्या समाधानका लागि सधै प्रतिबद्ध भयर लाग्नेछु। “उनले भने”

त्यस्तै कबर्ड हल, सिटी हल, क्रिकेट मैदान जस्ता खेलकुदमा उल्लेखनीय सुधार गर्दै यूवाहरुलाई खेलकुदमा सक्रिय बनाई राष्ट्रीय स्तरमै दखल दिन सक्ने यूवा जनशक्ति उत्पादनमा जोड दिईने बताए ।

टिकेट को सम्भावना कस्तो छ भनेको प्रश्नन ?
भुसाल भन्छन्, “शुभचिन्तक र पार्टीका नेताकार्यकर्ताहरु राम्रो सामाचार सुन्न हतार हुनुहुन्छ, पार्टीले जहाँसम्म न्याय गर्ला भन्ने ठूलो आशा र विश्वास रहेको बताएका छन्।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय