६ बैशाख,
बाँके : नेकपा एमाले राप्तीसोनारी गाउँपालिका कमिटि अध्यक्ष कमरेड मनोज के.सि ले सरकारले दिने कुनैपनि सेवा, सुविधा नलिने घोषणा गरेका छन्। के.सी बाँकेको राप्तिसोनारी गाउँपालिका एमालेबाट पालिका अध्यक्ष पदको लागि सिफारिस भएका छन्।
राप्तीसोनारी गाउँपालिकामा एमालेका तर्फबाट देखिएका अनुहारमा कमरेड मनोज के.सी को सम्भावना बढी देखिएको स्थानीय जनताले बताएका छन्। के.सी पालिका अध्यक्ष भएपछि राप्तीसोनारीमा विगतको तुलनामा एमालेले अहिले रूप फेरिएको छ । के.सी घरदैलो र जनमनमा पुग्न सफल देखिएका कारण यतिबेला गाउँपालिको नेतृत्वका लागि बलिया र प्रभावशाली रहेका छन्।
सरकारले यहि वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरे संगै आउदो निर्वाचनमा पार्टीले टिकट दिएर गाउँपालिकाको अध्यक्ष भई नेतृत्व सम्हाल्न पाएपछी सरकारले प्रदान गरिने तलब, भत्ता, गाडी लगाएत कुनैपनि सरकारी सेवा सुविधा नलिने कमिटि अध्यक्ष कमरेड मनोज के.सी ले बताएका छन्।
यद्यपी सरकारबाट आउने सरकारी बजेट कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्ने, राप्तीको अबैद्य दोहन रोकेर सरकारी राज्यको बृद्धिमा लाग्ने, प्राकृतिक दोहनबाट आएको राजस्व राप्तीसोनारीकै समग्र विकासमा लगाउँने, राजस्व बृद्धि गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी सडक विजुली लगायतका नागरिकका अत्यावश्यक सुविधाकाहरुमा सहजिकरण गर्ने उनी बताउँछन ।
राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदको लागि नेकपा एमालेबाट ३ जनाको नाम सिफारिस भएतापनि जनताको विश्वास जित्न सफल भएका व्यक्ति के.सी नै रहेको स्थानीयहरुको भनाई छ।