५ बैशाख,
बाँके : बाँकेको राप्तिसोनारीका बासिन्दा कमरेड मनोज के.सी २०६० साल देखि निरन्तर राजनीतिमा सक्रिय छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर आठका स्थानीय समेत रहेका नेकपा एमाले पालिका कमिटि अध्यक्ष कमरेड युवा नेता मनोज के.सि को चर्चा स्थानीय तह निर्वाचनको मिति घोषणा भए संगै जिल्लामा एमाले भित्र भुसको आगो जसरी राप्तीसोनारीमा अध्यक्षको रुपमा चर्चा चलिरहेको छ ।

बागेश्वरी खबर मिडिया सँगको विशेष सम्बादमा के.सि भन्छन्, “राप्तीसोनारी गाउँपालिका स्रोत साधन र प्राकृतिक दृष्टि कोणले धनी र नेपालमा क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो गाउँपालिका रहेकाले सबै जात, जातीय, धर्म, भेष भुशा, लिंग, सम्प्रदाय र बेरोजगार युवाहरुको समस्याको समाधानका लागि औधोगिक क्रान्ति गर्दै सबै धर्म, सस्कृती सम्प्रदायलाई न्याय चित्त व्यबहार गर्दै ती सम्प्रदायहरुको मुल भुत आवश्यकतालाई सम्बोधन गर्दै युवाहरुका रोजगारीको ग्यारेन्टी गर्ने विशेष योजनासहित नेकपा एमाले पार्टीका कार्यकर्ता, शुभ चिन्तक, बौद्धिक वर्ग, शिक्षक विद्यार्थी वर्गहरु, व्यवसायी साथीहरू, संचारकर्मी साथीहरू लगाएत आमाबाबु, दाजुभाइ, दिदिबहिनीहरुमा ‘म’ मनोज के.सि लाई हजुरहरुको अमुल्य भोट दिएर अत्यधिक बहुमतले बिजय गराउनु हुनेछ भन्ने पुर्ण अपेक्षासहित आशा व्यक्त गर्दछु भनी बताएका छन् ।”

थप सम्बादमा के.सि विगतलाई सम्झिदै भन्छन्, “विद्यार्थी अवस्थामा प्रारम्भिक आठ कक्षामा पढ्दै गर्दा अनेरास्ववियु कमिटीमा र त्रिचन्द्र, पाटन लगाएतका क्याम्पसहरुमा कमिटी भित्र रहि जिम्मेवारी पद सम्हालेका के.सि. ले २०६२/६३ को लोकतान्त्रिक गणतन्त्र आन्दोलनमा समेत सक्रिय सहभागिता जनाउदै राजनीतिमा लगनशील, धर्य गर्दै पार्टीको नियमनीति सिधाान्तलाई आत्मसात गरे पश्चात अध्यन पूरा गरि राप्ती सोनारी गाउँपालिकाको नेकपा गठबंधन हुदा सचीव र हाल पालिका पार्टीको कमिटी अध्यक्षमा रहि पार्टी कार्यकर्ताहरु लगाएत सर्वसाधारण जनताहरुको आवश्यकता र सामाजिक समस्याहरुसँग प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्दै टोल कमिटीहरु, वटा जनवर्गीय सङ्गठनहरु विस्तार गर्दै आफ्नो परिवार लगाएत आफू पनि नेकपा एमालेमा पुर्खादेखि आवद्ध रहेर जनताहरुको सहयोग गरिरहेको जानकारी गराएका छन् ।”

यद्यपि उनले भने, ‘नेकपा एमाले तथा जनताको गौरव शाली पार्टीले गरेको निर्णय तथा पार्टीको हुयिबलाई शिरोधार गरि पार्टीको बफादार, योग्य क्षमताबान, कार्यकर्ता बनी आफ्नो तर्फबाट पुर्ण सहयोग गर्दै नेकपा एमालेलाई राप्तीसोनारिमा बहुमतले बिजय गराउने योजना तथा आकांक्षा रहेको बताएका छन् ।

पालिको विभित पक्षमा विकास गरी जनताको आधारभूत आवश्यकता लाई कसरी सम्बोधन गर्ने ?

१) जनतालाई बिकास निर्माणका कामहरुमा समावेशीता, योग्यता, प्राविधिकसीप, क्षेमताको आधारमा प्रत्यकक्ष सहभागिता बनाई उनीहरूलाई अपन्त्तोको भावना जगाई विकास तीव्रगतीले अगाडि बढाउने ।

२) उमेद्वारहुने व्यक्तिले सेवा सुविधाको लालच नदेखाई जनताको दुःख सुखमा साथ दिने मलम पट्टी लगाउन सक्ने र नितानतै निस्वार्थ भावनाले सेवा गर्न तत्पर हुने हैसियत राख्न सक्ने हुनुपर्दछ।

३) काम गर्न सक्ने जुनसुकै उमेर समूहका जनताहरूलाई उनीहरूको शिप क्षमता, योग्यताको आधारमा रोजगारीको व्यवस्था दिनका लागि साना तथा मझ्यौला खालका कल कारखाना, उद्योगको व्यवस्था गर्न सक्ने योजना भएको ब्यक्ति।

४) आफ्ना मात्र नभई काम गर्ने सबै युवाहरुलाई कामको समान हैसियत राख्न सक्ने दृष्टीकोणमा पारदर्शिता बनाई घुस लिदैँन र गर्न पनि दिँदैन भनी सामूहिक संकल्प गर्न सक्ने उदारप्रविती र दूरदृष्टि भएको व्यक्ति।

५) दैनिक रुपमा उपभोग्य कृषि जन्य वस्तुहरू जुन भारतबाट आयात हून्छ त्यस्ता कुराहरू उत्पादन गर्न आवश्यक लागी किसान लाई निःशुल्क बीउबिजन, सिंचाईका लागि आवश्यक विद्युत निःशुल्क वितरण गर्ने उचीत अनुगमन गर्दै मूल्यांकन गरी राम्रो गर्ने कृषक लाई प्रोत्साहन र अनुदानका लागि मात्र गर्न खोज्नेलाई सम्पुर्ण सेवा सुविधाबाट वञ्चित गर्ने गरी कारबाही गरिने लगाएत अन्य योजनासहित राप्तिसोनारीमा जित्न के.सी मैदानमा उत्रिएका छन्।

राप्तीसोनारीमा एमालेलाई जिताउन सक्ने अध्यक्षका दावेदारको रुपमा कमरेड मनोज के.सीलाई जिताउनै पर्ने रहेको स्थानिय बासिन्दाहरुले बताएका छन्। यद्यपी उनलाई पालिका बिकाश र रोजगारको लागि युवा नेताको जरुरि समेत रहेको ‘स्थानीयको भनाई छ’

बाँकेको राप्ती सोनारीगाउँपालिकाको अध्यक्ष पदको लागि नेकपा एमालेबाट ३ जनाको नाम सिफारिस गरिएको छ। ३ जनाको नाम सिफारिस भएतापनि जनताको विश्वास जित्न सफल भएका व्यक्ति के.सी रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय