५ बैशाख,
नेकपा एमालेले पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। बैठक सोमबार बेलुका साढे ६ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने गरी बोलाएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जनाएका छन्।
उनका अनुसार, बैठकमा स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारीबारे र पार्टीका तर्फबाट बन्ने उम्मेदवार घोषणापत्र लगायत छलफल हुने बताए।
एमालेले महानगर र उपमहानगरका मेयर उपमेयर केन्द्रबाट निर्णय गरेर उम्मेदवार बनाउने जनाएको छ भने नगर र पालिकामा सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला र प्रदेशले निर्णय गर्नेगरी यसअघि नै निर्णय गरेको छ । बैशाख ९ गते केन्द्रमा घोषणापत्र र स्थानीय सबै तहमा प्रतिवद्धता पत्र सार्वजनिक गने एमालेको तयारी छ ।