४ बैशाख,
बाँके : बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं २ स्थित टिकुलीपुरमा आगलागी पीडित घर परिवारलाई अध्यक्ष के.सी. को पहलमा राहत वितरण गरिएको छ। शुक्रबार पसलमा बिजुली सर्ट भई नजिकै रहेको ग्यासको सिलिण्डर पड्केर आगलागी हुदा १२ घर जलेर नष्ट भएका थिए ।

२०७४ सालमा आएको भिषण बाढीले बिस्ताबित भएका बासिन्दाहरुले उक्त ठाउँमा रहेको डिगिया मेला लाग्ने चौरमा बस्दै आईरहेका करिव ४० घर दुरी मध्य १२ घरदुरी जलेर नष्ट भएका हुन।

नेकपा एमाले राप्तिसोनारी गाउँपालिका कमिटि अध्यक्ष कमरेड मनोज के.सी. को पहलमा आगलागीबाट पिडित बनेका १२ घरधुरीलाई राहत स्वरुप खाद्यान्न बितरण गरेका हुन् । उनले आगलागी पीडित प्रत्येक घरधुरीलाई दाल, चामल, नुन, तेल, तरकारी लगाएत महत्त्वपूर्ण अन्य सामाग्रीहरु वितरण गरेका छन्।

के.सी एमालेबाट सर्वसम्मत पालिका अध्यक्षको लागी सिफारिस समेत भएका छन् । जनताको सेवामा कटिवद्ध रहने केसीले आफ्नो पालिकामा भएको बिपत्ति प्रती दुख व्यक्त गर्दै आफुले गर्नसक्ने सहयोग उपलब्ध गराएको बताएका छन् ।

उक्त राहत वितरणमा नेकपा एमाले बाँकेका ईन्चार्ज कमरेड सुर्य ढकाल, पालिका कमिटि सचिव सुधा चौधरी, नेकपा एमाले जिल्ला कमिटि सदस्य कमरेड तुलसी थारु लगाएत अन्य युवा नेताहरुको उपस्तिथी रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय