
३ बैशाख,
बाँके : बाँकेको कोहलपुरमा ट्याक्टरको ठक्करबाट मृत्यु भएका पीडितका आफन्त तथा स्थानीयद्वारा दोषीमाथि कारबाहीको माग गर्दै कोहलपुर ईलाका प्रहरी कार्यालय अगाडी र चौराहामा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।

कोहलपुर नगरपालिका वडा नंं २ सालको बुँटा नजिकै सुर्खेतबाट आउँदै गरेको भे २ त ९३९ नम्बरको ट्याक्टरले सोही दिशा बाट आइरहेको भे ७ प ५४४६ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिएको थियो ।




ट्याक्टरले ठक्कर दिदाँ मोटरसाइकल चालक बैजनाथ गाउँपालिका– ४ का ४० वर्षीय रेशम डाँगीको कोहलपुर मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा सवार भएका सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र ओली गम्भीर घाइते भएका छन् ।

घाईते ओलीको कोहलपुर मेडिकल कलेजमा उपचार भरहेको छ, भने बैजनाथ २ का ट्याक्टर चालक रेशम बोहरालाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
