३ चैत,
दाङ : दाङको गढवा गाउँपालिका–८ कोइलावास नजिक दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर १२ जनालाई उपचारका लागि गएराति नै कोहलपुर अस्पतालमा पठाइएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जनाएका छन्।

एसपी काफ्लेका अनुसार, शुक्रबार साँझ भारतको उत्तरप्रदेशस्थित पाटनदेवी मन्दिरमा लागेको मेला हेर्न जाँदै गरेका यात्रु सवार रा १ त ३७० नम्वरको ट्याक्टर दुर्घटना भएको बताए। उक्त दुर्घटनामा समान्य घाइतेहरूलाई लमही अस्पतालबाट डिस्चार्ज गरिएको छ।

त्यसैगरी, पाल्पाको रैनादेवी छहरा–६, जुठापौवामा बस पल्टिँदा २ जनाको मृयु भएको छ, भने चार जना गम्भीर घाइते भएका छन्।

पाल्पाको जुठापौवा पानीडाँडाबाट जुठातिर आउँदैगरेको लु १ ज ४९०२ नम्बरको बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, गम्भीर घाईते भएका उनीहरुको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ। अन्य सवारीहरुलाई सकुसल उद्वार गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय