२ चैत,
बाँके : बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित टिकुलीपुरमा भएको आगलागी पीडित घर परिवारलाई ज्ञानेन्द्र वलीले व्यक्तिगत तर्फबाट राहत बितरण गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल बाँकेका कमिटि अध्यक्ष वलीले आललागीबाट पिडित बनेका १२ घरधुरीलाई राहत स्वरुप खाद्यान्न बितरण गरेका हुन् । उनले आगलागी पीडित प्रत्येक घरधुरीलाई २५ केजी चामल, ५ केजी आलु, २ केजी दाल, १ केजी नुन, १ लिटर तेल तथा अन्य सामाग्री राहत स्वरुप बितरण गरेका च छन्।
वली राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ को लागी एमालेबाट सर्वसम्मत वडा अध्यक्षको लागी सिफारिस समेत भएका छन् । जनताको सेवामा कटिवद्ध रहने वलीले आफ्नो वडामा भएको बिपत्ति प्रती दुख व्यक्त गर्दै आफुले गर्नसक्ने सहयोग उपलब्ध गराएको बताएका छन्।
आज शुक्रबार दिउसोको करिव ३ बजेको समयमा पसलमा बिजुली सर्ट भई नजिकै रहेको ग्यासको सिलिण्डर पड्केर आगलागी भएको थियो। उक्त भिषण आगलागीलाई नियन्त्रण लिनको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय बासिन्दाहरु लगाएत दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको हो।