२ बैशाख,

बाँके : बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं २ स्थित टिकुलीपुरमा भिषण आगलागी हुदा १२ घर जलेर नष्ट भएका छन्।

शुक्रबार दिउसोको करिव ३ बजेको समयमा राप्तिसोनारीका स्थानीय सिताराम जैसीको पसलमा बिजुली सर्ट भई नजिकै रहेको ग्यासको सिलिण्डर पड्केर आगलागी भएको स्थानिय बासिन्दा सरोज बिश्वकर्माले जानकारी दिएका छन्।

स्थानीय सरोजका अनुसार, २०७४ सालमा आएको भिषण बाढीले बिस्ताबित भएका बासिन्दाहरुले उक्त ठाउँमा रहेको डिगिया मेला लाग्ने चौरमा बस्दै आईरहेका करिव ४० घर दुरी मध्य १२ घरदुरी जलेर नष्ट भएको बताए, यद्यपी भिषण आगलागीबाट मानवीय र पशु चौपाया क्षेती भने नभएको बताएका छन्।

उक्त भिषण आगलागीलाई नियन्त्रण लिनको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय बासिन्दाहरु लगाएत दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, घटनास्थलको थप विवरण आउन बाँकी रहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय