३० चैत,
बाँके : ओखलढुङ्गामा जिप दुर्घटना हुँदा मृत्यु भएका दुईजना प्रहरी हवल्दारको सनाखत भएको छ।

मृत्यु हुनेमा, सोलुखुम्बु घर भएका प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान झापा घर भएका मनिक राजवंशीको रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

सोलुखुम्बुबाट छुटेको जिप आज बिहान साढे ९ बजे ओखलढुंगाको हर्कपुरमा दुर्घटनामा परेको थियो। सोहि दुर्घटनामा पर्नेहरू ८ जना नेपाल प्रहरी र १ जना सर्वसाधारण हुन्।

तीमध्ये एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना प्रहरीलाई काठमाडौंस्थित प्रहरी अस्पतालमा ल्याइएको छ। दुर्घटनामा परेको जिप नम्बर अझै नखुलेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय