
२८ चैत,
बाँके : सप्तरीमा पानीको पोखरीभित्र डुबेर राजगढ गाउँपालिका ४ का एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा, सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवको आठ वर्षका छोरा देवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।



आफ्नै मामाघर राजगढ आएको बेला मामाघरदेखि १५ मिटर उत्तरपट्टि रहेको सार्वजानिक पोखरीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।