२७ चैत,
बाँके : स्थानीय तह निर्वाचनको लागी नेकपा एमालेले राप्तीसोनारी गाउँपालिका अध्यक्षहरूको नाम सिफारिस गरेको छ । आइतबार बसेको गाउँ कमिटीको बैठकले पालिका अध्यक्ष छनोटका तीन जनाको नाम सिफारिस गरेको हो ।
नेकपा एमाले राप्तीसोनारी गाउँपालिकाको पाँचौ पुर्ण बैठकले २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनको लागि पार्टीको तर्फबाट पालिका अध्यक्षको लागि कमरेड मनोज के.सि, राम दास थारु, तुल्सी थारुको नाम पार्टीले सिफारिस गरेको छ ।
त्यसैगरी गाउँपालिका उपाध्यक्षमा कमरेड सुधा चौधरी, चमेली वागवल, खुमा डागी, पार्वती चौधरी, कृष्ण बोहराको नाम सिफारिस भएको छ।
उक्त पालिका कमिटि बैठकमा कमरेड मनोज के.सि ले भने, ‘पालिका अध्यक्षको सिफारिसमा तिन जना मध्य एउटा अध्यक्ष हुने र जो कोहिले अध्यक्षको टिकट पाएपनि फुल समर्थन गरेर ढुक्कले बहुमुल्य भोट दिएर निर्वाचित गराउन अनुरोध समेत गरेका छन्।
राप्ती सोनारी गाउँपालिकामा एमालेका तर्फबाट देखिएका अनुहारमा कमरेड मनोज के.सी को सम्भावना बढी देखिएको स्थानीय जनताले बताएका छन्। के.सी पालिका अध्यक्ष भएपछि राप्तीसोनारीमा विगतको तुलनामा एमालेले अहिले रूप फेरिएको छ । मनोज घरदैलो र जनमनमा पुग्न सफल देखिएका कारण यतिबेला गाउँपालिको नेतृत्वका लागि बलिया र प्रभावशाली रहेका छन्।
आउदो निर्वाचनमा पार्टीले टिकट दिएर गाउँपालिकाको अध्यक्ष भई नेतृत्व सम्हाल्न पाएपछी सरकारले दिने कुनैपनि सरकारी सेवा सुविधा नलिने कमिटि अध्यक्ष कमरेड मनोज के.सी ले बताए। यद्यपी सरकारबाट आउने सरकारी बजेट कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्ने, राप्तीको अबैद्य दोहन रोकेर सरकारी राज्यको बृद्धिमा लाग्ने, प्राकृतिक दोहनबाट आएको राजस्व राप्तीसोनारीकै समग्र विकासमा लगाउँने, राजस्व बृद्धि गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी सडक विजुली लगायतका नागरिकका अत्यावश्यक सुविधाका कुरामा सहजिकरण गर्ने उनी बताउँछन ।