२५ चैत,
बाँके : बाँकेको नरैनापुर गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको नेतृत्वमा १६ घर धुरीलाई प्रति परिवार तिन-तिन बंडल जस्तापाता (टिन) सहित खाधान्नसामाग्रीहरु वितरण गरिएको छ। अध्यक्ष ओलीले विहिवार भएको पार्टी प्रवेश कार्यक्रममा घोषणा गरे लगत्तै नरैनापुरका अग्निपीडितहरुलाई आवश्यक सामाग्री वितरण गरिएको हो।
नरैनापुर गाउँपालिका वडा नं.४ स्थित कृष्णनगरमा गएको चैत २१ गते सोमबार आगलागिबाट करिव १६ घर जलेर नष्ट भएका थिए । करिब डेढ घण्टाको प्रयास पछि आगो नियन्त्रणमा लिइएको हो । आगलागिबाट १६ घर र ४ वटा बाख्रा जलेर नष्ट भएका थिए, भने मानवीय क्षति नभाएको प्रहरीले जनाएको छ ।
पालिकामा जलेर नष्ट भएका घर परिवारलाई हाल सम्मका दिनमा कुनै पनि पार्टी अथवा व्यक्तिको ध्यानाआकर्षण नभएपछी एमालेका अध्यक्ष ओलीले नेपालगंज पार्टी प्रवेश कार्यक्रममा घोषणा गरे लगत्तै नष्ट भएका १६ घर धुरीलाई प्रति परिवार एक लाख रुपैयाका दरले १६ लाख नगदसहित घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु वितरण गरिने घोषणा समेत गरेका छन्।
उक्त कार्यक्रममा नेकपा एमाले बाँकेका इन्चार्ज कमरेड सुर्य ढकाल, केन्द्रिय सदस्य मोहम्मद हारुन, अनुसासन आयोगका सदस्य देवराज भार लगायत नेताहरुको उपस्तिथि रहेको थियो।