२४ चैत,
बाँके : बाँकेको नेपालगंजबाट जमुनाह भन्सार छली ल्याउदै गरेको अबैध लेडिज कपडा बाँके प्रहरीले बरामद गरेको छ।

विहिवार जिल्ला प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले नेपालगंज उप-महानगरपालिका १० स्थित जमुनाह भन्सार छली लुकिछीप चोरी पैठारी गरेर ल्याउदै गरेको लेडिज कपडा अन्दाजी मुल्य रु दुई लाख उन्नाईस हजार छ सय रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको छ।

उक्त बरामद गरिएको सामान आवश्यक थप कारवाही र अनुसन्धानको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय