२४ चैत,
बाँके : बाँकेको नेपालगंजस्थित “होटल सिद्दार्थ भ्यु” मा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको प्रमुख अतिथिमा विहिवार भएको विषेश कार्यक्रममा नेकपा समाजवादी पार्टीका प्रभावशाली व्यक्तिहरुले एमाले रोजेका छन्।

नेकपा एस बाँकेका सहसचिव एवंम युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तथा केन्द्रीय सचिव किशोर थापाको नेतृत्वमा दर्जन भन्दा बढी युवाहरु समाजवादी पार्टीबाट पुरानै पार्टी एमालेमा फर्किएका हुन्।

उक्त कार्यक्रमका बिच बाँकेमा नेकपा एकिकृत समाजबादी पार्टीबाट एमालेमा प्रबेश गर्नेको संख्या ह्वात्तै बढेपछि एमालेका अध्यक्ष ओलीले भने, ‘नेकपा एकीकृत समाजवादी अब एस नभई फुस भयो’ भनेर उनले व्यंग्य समेत गरेका छन्।

पार्टी प्रवेश पछि उत्साहित अध्यक्ष ओलीले गठबन्धनलाई धुलो चटाउने बताए । अहिलेको सरकार विदेशी प्रतिक्रियावादीहरुको गठजोड भएको आरोप समेत लगाए। यद्यपी वर्तमान सरकारका कारण देश गरिब अवस्थामा पुगेको बताएका छन्।

नेकपा एस बाट एमाले प्रवेश गर्नेहरुलाई नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि र नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले पार्टीमा स्वागत गरी सम्पूर्णलाई बधाई समेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय