१९ चैत,
बाँके : पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले शुक्रबारदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । पेट्रोलको ढुवानी ठप्प हुँदा बाँके लगाएत तिन प्रदेशका उपभोक्ता प्रभावित बनेका छन् ।
नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत् अवस्थामा कमिसनको व्यवस्था नभए अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी दिएका छन् ।
पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेसँगै बाँकेका धेरै पेट्रोल पम्पहरू बन्द छन् भने खुलेका पम्पहरुमा शुक्रबार साँझदेखि लाइनको भिडभाड देखिएको छ । पेट्रोल र डिजेल नपाएपछी पम्पहरुमा सेवाग्राहीहरु लाईनमा बसेर झगडा समेत गर्न थालेका छन्।
बाँकेको कोहलपुर स्थित चप्परगौडि, कोहलपुरमा रहेका ठुला-ठुला चर्चित डब्लु डिस्ट्रिब्युटर प्रा. लि र धिताल एण्ड धिताल ट्रेडर्स लगाएत अन्य सबै पम्पहरुले बन्द गरेका छन् तर चप्परगौडिस्थित कनोडिया अटोमोबाईल्स पम्पले भने निरन्तर सेवा दिइरहेको छ।
बागेश्वोरी खबर मिडियाले कैद गरेका भिडियो / तस्बिरहरू हेर्नुहोस् :
भिडियो हेर्न तल दिएको लिंक खोलेर हेर्नुहोला