१९ चैत,
बाँके : विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर विजय यादव अस्पतालकै अगाडि मृत फेला परेका छन्। सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका २८ वर्षीय डाक्टर आज शनिबार बिहानै नोबेल अस्पताल अगाडि मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार, मृतक डाक्टर अस्पतालमा अर्थोपेडिक वार्डमा करिब ३ वर्षदेखि कार्यरत रहेका थिए। डाक्टरको हत्या भएको भन्दै उनका परिवारको आरोप छ । उनले बंगलादेशमा आफ्नो एमबीबीएस अध्ययन पूरा गरेर आएका थिए ।

यतिबेला मृतक डाक्टरका आफन्तले घटनाका दोसीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने भन्दै नारावाजी गरिरहेका छन् । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान भईरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय