१७ चैत,
बर्दिया : बर्दियाको गुलरियाबाट सरकारी संस्थाको रकम हिनामिना गरेको कसुरमा फरार भएका तिन जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा, बाँसगढी नगरपालिका वडा नं. ५ का मटराम थारु, सोहि ठाउँमा बस्ने फत्तुराम थारु र हरिराम थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रहरीका अनुसार, पक्राउ परेका तिन जनालाई बर्दिया जिल्ला अदालत गुलरियाले मिति २०७८।०६।१३ गतेको फैसला आदेशले सरकारी संस्थाको मोटो रकम हिनामिना गरेको कसुरमा पक्राउ गरिएको हो। उनीहरुलाई अदालतले कैद तथा जरिवाना सजाय तोकेको थियो।
हालसम्म फरार भएका तिन जनालाई खोजतलास गर्ने क्रममा मिति २०७८।१२।१७ गते ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलिले फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका तिनजनालाई अदालतले २ बर्ष ८ महिना १ दिन कैद सहित ८८,०२,६१५.३१ अठासी लाख दुई हजार छ सय पन्ध्र रुपैया एकतिस पैसा, बराबर भागबण्डा गरी जरिवाना सुनाएको थियो।
उनीहरुलाई पक्राउ गरी बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको प्रहरीले जनाएको छ ।