१६ चैत,
बाँके : कञ्चनपुरमा बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। मर्निङ वाकमा दौडिरहेका वेला बँदेलले एक्कासी आक्रमण गरी घाइते बनाएको हो।

घाईते हुनेमा, शुक्लाफाँटा नगरपालिका-६ कसरौलका अन्दाजी ५५ वर्षीय आनन्दसिंह भाट रहेका छन्। घाइते भाटको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भैरहेको छ।

बँदेलको आक्रमणबाट भाटको हात र खुट्टामा गहिरो घाउ लागेको छ। भाट नेपाली सेनाबाट सेवानिवृत जवान हुन्। यसअघि बँदेलको आक्रमणबाट बेदकोट नगरपालिका क्षेत्रका ७ जना एकैदिन घाइते भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय