१४ चैत,
बाँके : मकवानपुरमा अवैध २ क्विन्टल ६५ किलो अवैध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठुलो परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा, धादिङको रोराङ्ग–२ का ३० वर्षीय मानबहादुर चेपाङ, ३९ वर्षीय सन्तबहादुर चेपाङ, मनहरी–३ का ५३ वर्षीय बुद्धीबहादुर थिङ, चितवन राप्ती–११ बस्ने वर्ष ५५ को सञ्चबहादुर थिङ र हेटौंडा–१३ पदमपोखरीका २८ वर्षीय अरबिन्द नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार, मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथर खोला हुँदै खयरघारीतर्फ शंकास्पद रुपमा पिठ्युँमा भारी बोकी आइरहेको भन्ने सुचनाको आधारमा चेकजाँज गरि उनीहरुले बोकेको बोरामा अवैध २ क्विन्टल ६५ किलो अवैध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई कारवाही र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय