१२ चैत,
बर्दिया : बर्दियाको मधुवन नगरपालिका–६ स्थित कालिका सामुदायिक वन र ग्रामीण महिला सामुदायिक वनको सिमानामा पर्ने ठूलो कुलोमा भाले पाटेबाघ शनिबार मृत अवस्थामा फेला परेको छ ।
साँझको समयमा बाघ मृत अवस्थामा भेटिएपछि स्थानीयले डिभिजन वन कार्यालय बर्दियालाई खबर गरेका थिए । बाघको अवस्था हेर्दा दुई बाघको झडपका कारण मृत्यु भएको हुनसक्ने देखिएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ।
केही दिन अघिपनि बर्दियामा पाटेबाघ मृत अवस्थामा भेटिएको थियो ।