
१२ चैत,
बाँके : नेकपा एमाले समर्थीत नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको राप्ति सोनारी गाउँपालिकामा प्रथम अधिवेशन सम्पन्न भएको छ।
राप्तिसोनारी गाउँपालिकामा कमरेड सोहनलाल थारुको अध्यक्षतामा शनिवार बसेको स्तरिय प्रथम भेलाले सचिवमा दिराज खनाल र कोषाध्यक्षमा कमरेड तेजेन्द्र के.सी सहित २७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्म रुपमा चयन गरेको छ ।



नव निर्वाचित कार्य समिति सदस्यहरुले भने, ‘पार्टीले दिएको जिम्मेवारी र नीति समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन व्यवसायीको क्षेत्रबाट सकेको लागि पर्ने बताएका छन्।’ यद्यपी उद्योगी व्यवसायीहरुले सर्वोत्तम हितका लागि आफुले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेकपा एमाले राप्ति सोनारी गाउँपालिका कमिटि अध्यक्ष कमरेड मनोज के.सी र कमरेड सोहनलाल थारुले नव निर्वाचित कार्य समिति सदस्यहरुलाई बधाई तथा कार्यकालको शुभकामना समेत दिएका छन्।