
१२ चैत,
बाँके : बाँकेको कोहलपुर, निबुवा, खड्वार हुँदै सल्यान घुईयाबारी जोड्ने सडक निर्माण नालिको कामले तिव्रता लिएको छ ।
राष्ट्रिय सडक विभाग बाँकेले दुई करोड पच्चीस लाखको बजेटमा शुक्रबार देखि सुरु गरिएको सडक विस्तार नालिको काम १६ मिटरको कटानमा १ किलोमीटर सम्मका लागि सुरु गरिएको हो ।



लामो समय पछि बाँके राष्ट्रिय निकुञ्ज र राष्ट्रिय सडक विभाग बाँकेको समन्वयमा यो काम सुरु गरिएको कोहलपुर नगरपालिका वडा नम्बर १२ का जनप्रतिनिधि वडा अध्यक्ष नैन बहादुर शाहीले बागेश्वरी खबर मिडियासँग बताएका छन् ।
अध्यक्ष शाहिका अनुसार, राष्ट्रिय सडक विभागबाट आएको बजेट २ करोड २५ लाखमा १ किलोमिटर सम्मका लागि काम गरिने र पुनः थप बजेटमा निरन्तर काम अगाडी बढाईने बताए ।