११ चैत,
बाँके : बाँकेको राप्ती सोनारी गाउँपालिकामा स्थानीय निर्वाचनका लागि नेकपा एमालेबाट तीन जनाको चर्चा एतिबेला गाउँघरमा निकै चलिरहेको छ ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरे संगै स्थानीय तहको निर्वाचनको सरगमी बढेको छ ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर आठका स्थानीय समेत रहेका नेकपा एमाले गाउँपालिका अध्यक्ष कमरेड युवा नेता मनोज के.सि को चर्चा स्थानीय तह निर्वाचनको मिति घोषणा भए संगै जिल्लामा एमाले भित्र भुसको आगो जसरी राप्ती सोनारीमा अध्यक्षको रुपमा चर्चा चलिरहेको छ ।
बागेश्वरी खबर मिडियाका सम्पादक एवम् संचारकर्मी रमेश बस्नेत सँगको विशेष सम्बादमा के.सि भन्छन्, “राप्ती सोनारी गाउँपालिका स्रोत साधन र प्राकृतिक दृष्टि कोणले धनी र नेपालमा क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो गाउँपालिका रहेकाले सबै जात, जातीय, धर्म, भेष भुशा, लिंग, सम्प्रदाय र बेरोजगार युवाहरुको समस्याहरुको समाधानका लागि औधोगिक क्रान्ति गर्दै सबै धर्म, सस्कृती सम्प्रदायलाई न्याय चित्त व्यबहार गर्दै ती सम्प्रदायहरुको मुल भुत आवश्यकतालाई सम्बोधन गर्दै युवाहरुका रोजगारीको ग्यारेन्टी गर्ने विशेष योजनासहित नेकपा एमाले पार्टीका कार्यकर्ता, शुभ चिन्तक, बौद्धिक वर्ग, शिक्षक विद्यार्थी वर्गहरु, व्यवसायी साथीहरू, संचारकर्मी साथीहरू लगाएत आमाबाबु, दाजुभाइ, दिदिबहिनीहरुमा ‘म’ मनोज के.सि लाई हजुरहरुको अमुल्य भोट दिएर अत्यधिक बहुमतले बिजय गराउनु हुनेछ भन्ने पुर्ण अपेक्षासहित आशा व्यक्त गर्दछु भनी जानकारी दिएका छन् ।”
थप सम्बादमा के.सि विगतलाई सम्झिदै भन्छन्, “विद्यार्थी अवस्थामा प्रारम्भिक आठ कक्षामा पढ्दै गर्दा अनेरास्ववियु कमिटीमा र त्रिचन्द्र, पाटन लगाएतका क्याम्पसहरुमा कमिटी भित्र रहि जिम्मेवारी पद सम्हालेका के.सि. ले २०६२/६३ को लोकतान्त्रिक गणतन्त्र आन्दोलनमा समेत सक्रिय सहभागिता जनाउदै राजनीतिमा लगनशील, धर्य गर्दै पार्टीको नियमनीति सिधाान्तलाई आत्मसात गरे पश्चात अध्यन पूरा गरि राप्ती सोनारी गाउँपालिकाको नेकपा गठबंधन हुदा सचीव र हाल पालिका पार्टीको कमिटी अध्यक्षमा रहि पार्टी कार्यकर्ताहरु लगाएत सर्वसाधारण जनताहरुको आवश्यकता र सामाजिक समस्याहरुसँग प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्दै ९६ वटा टोल कमिटीहरु, ७ वटा जनवर्गीय सङ्गठनहरु विस्तार गर्दै आफ्नो परिवार लगाएत आफू पनि नेकपा एमालेमा पुर्खादेखि आवद्ध रहेर जनताहरुको सहयोग गरिरहेको जानकारी गराएका छन् ।”
यद्यपि उनले भने, ‘नेकपा एमाले तथा जनताको गौरव शाली पार्टीले गरेको निर्णय तथा पार्टीको हुयिबलाई शिरोधार गरि पार्टीको बफादार, योग्य क्षमताबान, कार्यकर्ता बनी आफ्नो तर्फबाट पुर्ण सहयोग गर्दै नेकपा एमालेलाई राप्ती सोनारिमा बहुमतले बिजय गराउने योजना तथा आकांक्षा रहेको बताएका छन् ।
त्यसैगरी सम्बादकै क्रममा नेकपा एमालेका प्रदेश कमिटी तथा उम्मेदवारका दावेदार समेत रहेका कमरेड रामदास थारु भन्छन्, “राष्ट्रिय सभाको निर्वाचनमा प्रत्यक्ष उम्मेदवार हुन नपाएता पनि समानुपातिक उम्मेदवारमा प्रत्यक्षको भन्दा बढी मत ल्याएको जिकिर गर्दै नेपाली जनताहरुको साथ सहयोगले आफू जनताहरुको प्रत्यक्ष सम्पर्कमा रहि पार्टीको नितिनियम निर्देशनलाई पालना गर्दै कचनापुर बासिको आवश्यकता र मागलाई महशुस गरि म दुई नम्बर वडामा विध्यालयको अध्यक्ष भैइ समाजिक काम तथा विध्यालयलाई गाउँपालिकाकै नमुना बनाएको बताए ।”
त्यसैगरी सम्बादकै क्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तुल्सी थारु भन्छन्, “राप्ती सोनारी गाउँपालिकामा मैले नै टिकट पाउने आधारहरु मध्य ‘म’ एउटा हारेको सशक्त क्रियाशिल अनुभवी जातीयताका हिसाबले हाम्रो जातिहरुको बहुदलियता धेरै रहेको ठूलो गाउँपालिकामा मेरो उम्मेदवारी सान्दर्भिक र औचित्यपूर्ण रहेको जानकारी दिएका छन् ।” उनले भने, ‘हाम्रो जातीयतामा रतगैयाहरुको एकमत एकबोली भएकाले जुनसुकै पार्टीको भएता पनि हाम्रो थरको व्यक्तिले टिकट ल्याएर उम्मेदवारीको प्रचार-प्रसार गरि बिजय गराउने आमछलफल गरिएकाले मैले पालिकाको टिकट पाउनु पर्छ भनी दाबी गरिएको बताएका छन् ।’
समग्रमा: जुनसुकै अनुहार आएतापनी जनजाति, आदिवासी, कृषक लगाएत सम्पुर्ण सम्प्रदाय र बेरोजगार युवाहरुको समस्यालाई सम्बोधन गर्न सक्ने योग्य, क्षमतावान योजना भएको युवा नेताको जरुरी रहेको देखिएको छ ।